सूचनाको शक्ति - The Power Of Information

        

अनिश्चितकालका लागि राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबारका लागि बैठक बोलाइएकामा विशेष कारण देखाउँदै अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो । एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भएको हो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार १५:१६