सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात

काठमाडौं । संयुक्त राज्य अमेरिकाको पुर्वी तटिय क्षेत्रमा भारी हिमपात भएपछि आएको आँधीका कारण हजारौं हवाई उडान प्रभावित भएका छन् ।

आँधीबाट हुन सक्ने क्षति न्युनिकरणका लागि ७० लाख सर्वसाधारणलाई सचेत गराएको छ । अमेरिकाको बोस्टन लगायत थुपै्र शहर आँधीको चपेटामा परेका छन् ।

दक्षिण फ्लोरिडाको ठाउँ–ठाउँका रुस ढलेकाले जनजीवन कष्टकर बन्नुका साथै बिजुली आपुर्ती पनि बन्द भएको छ । न्युयोर्कमा ४ इन्च सम्मको हिउँ परेकाले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपील गरिएको छ ।

अमेरिकामा गत शुक्रबारदेखि जारी हिमपातका कारण ३५ सय हवाई उडान रद्द हुँदा हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकामा सम्पुर्ण यातायात सेवा हिमपात र आँधीका कारण बन्द गरिएका छन् ।

मौमसविद्हरुले भारी हिमपात केही दिनसम्म हुने भन्दै सबैलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:४६