सूचनाको शक्ति - The Power Of Information

        

कंगोको एक सैन्य अदालतद्वारा ५१ जनालाई मृत्यु दण्डको घोषणा

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक सैन्य अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०१७ मा मध्य क्षेत्रमा भएको हत्याकाण्डमा दोषी ठहर गर्दै ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो । सो हत्याकाण्डमा संयुक्त राष्ट्रसंघका दुई विशेषज्ञ मारिएका थिए ।

कंगोमा सन् २००३ मा मृत्युदण्डको सजाय परिमार्जन गरी आजीवन काराबासको सजाय दिने गरिएकोमा १४ बर्षपछि पुनः मृत्युदण्डको सजाय ब्युँताइएको हो ।

यद्यपी मृत्युदण्डको सजाय तोकेकाहरुलाई पनि मृत्युदण्ड हुने वा नहुनेमा अन्योल छ । सजाय पाएका ५१ जना बिगत ४ बर्षदेखि कारागारमा छन् ।

सन् २०१७ मा कंगोको मध्य कसाई क्षेत्रमा सरकारी सेना र सशस्त्र समुहबीचको हिंसामा संयुक्त राष्ट्रसंघका दुई विशेषज्ञ बेपत्ता भएकोमा उनीहरुको शव एक गाउँमा फेला परेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:२३