सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, अर्को बैठक माघ २६ गते बस्ने

महामारीको संक्रमणको जोखिम यथावत रहेकाले

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । आज आइतबार दिउँसोको लागि बोलाइएको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सार्नुभएको हो ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार ०९:०१