सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

प्रधानमन्त्री देउवाको प्रस्ताव, ‘तत्काल स्थानीय तहको निर्वाचन’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्थानीय तह निर्वाचन गर्ने बारेमा सकरात्मक भएका छन् ।

उनी स्थानीय तहको निर्वाचन ऐन संशोधन नगर्ने पक्षमा पुगेका हुन् । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र निर्वाचन समयमै गर्ने प्रस्ताव राखेका छन् ।

स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

शनिबार बालुवाटारमा बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले ऐन संशोधन नगरी तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राखेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार १५:०८