सूचनाको शक्ति - The Power Of Information

        

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ खेल्दै

काठमाडौं । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब खेल्दैछन् ।

पोखरा रङ्गशालामा खेल दिउँसो दुई बजे सुरु हुनेछ । मनाङले आहा गोल्डकप ६ पटक जितिसकेको छ । आज मनाङलाई हराएमा एपीएफ पहिलो पटक च्याम्पियन बन्नेछ ।

२०६४ सालमा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । सेमिफाइनलमा मच्छिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

त्यस्तै मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा पराजित गरी फाइनलको यात्रा तय गरेको हो । विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

गएको ६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहारा क्लबसहित १० टोली सहभागी थिए । आहा रारा गोल्ड कप मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मानिन्छ ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ०७:४४