सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज शनिवार बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको छ।

आगामी निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा छलफल हुने एक नेताले बताए। साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए।

सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान छलफल गरेका थिए। तीन नेताबीच छलफल भएपछि शनिबार सत्ता गठबन्धनको बैठक बस्न लागेको हो।

निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ०७:३५