सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ तपाइको राशिफल

मेष:आजको। दिन राम्रो छ। सन्तानबाट उत्साह मिल्नेछ। विद्या र व्यापारबाट राम्रो लाभ पाउनुका साथै सोचेका कामहरु सूचारु हुनेछन्। मान्यजनबाट सहयोग मिल्नेछ।

वृष : आजको दिन त्यत्ति राम्रो छैन। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। लेनदेनमा अगाडि नबढ्नुहोला। व्यापार व्यवसायमा घाटा। अध्ययन अध्यापनमा रुची घट्नेछ।

मिथुन्: आजको दिन फाइदाजनक रहेको छ। दाम्पत्य जीवनमा सुखद् रहनेछ। श्रीमान श्रमतीको सल्लाहले गरेको कार्यहरुबाट धेरै सफलता हात पर्ला।

कर्कट: त्यत्ति राम्रो छैन। आफन्तबाट अपमान हुन सक्नेछ। भय त्रास समग्रमा राम्रो छैन।

सिंह : आजको दिन निकै राम्रो दिन रहेको छ। आफूले गर्न खोजेका कामहरु सूचारु हुनेछन्। अफ्टेरोमा परेका व्यवहार बन्दै जाने सम्भावना छन्। नसोचे्को सफलतासमेत हात पर्नेछन्।

कन्या : शुभ फलदायक रहेको छ। आफ्रभन्दा ठूला मानिसबाट आदर सम्मान पाउनुका साथै निकै फलदायिक रहेको छ।

तुला : भाग्य उदयको दिन बन्नेछ। सेयर लगानी केही गरेको भए सम्पत्ति उल्लेखनीय रुपमा बढ्ने। इष्टमित्रबाट सहयोगको निरन्तरता पाइनेछ।

वृश्चिक : दिन त्यत्ति शुभ छैन। आफन्तले समेत असहयोग गर्नेछन्। लेनदेनमा सतर्कता अपनाउनुपर्नेछ। पठनपाठनमा समेत आलश्य बढ्नेछ।

धनु : दिन राम्रो देखिएको छ। अध्ययन अध्यापनमा सफलता बढेको छ। बाहिरबाट धेरै सहयोग जुटे पनि आफन्तसँग सतर्कता अपनाउनुपर्नेछ।

मकर : दिन फलदायक छ। आफूले सोचेका काम गर्नुभन्दा पहिला गणेश भगवानलाई मनैमनले सम्झेर गरेका काम सफल हुनेछन्।

कुम्भ : दिन शुभ छ। आफ्ना दाजुभाइ दिदीबहिनीहरुबाट राम्रो सहयोग पाएपनि समकक्षीबाट सतर्क रहनुपर्ने छ।

मिन : दिन त्यत्ति उत्साहजनक छैन। आफ्नो नजिकै रहेका मित्रहरुबाट कुरा काट्ने सम्भावना छ। तीब्रगतिमा बाहन नचलाउनु, बोल्दा सोचेर मात्रै बोल्नुहोला। कुरा काट्ने बढ्नेछन्।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार ०७:३०