सूचनाको शक्ति - The Power Of Information

        

भारतमा ओमोक्रनको ‘सब भेरियन्ट’ विस्तारै फैलिँदै

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामार २ लाख ५१ हजार २०९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ।

कोरोनाको ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो। हाल भारतमा ओमोक्रन भेरियन्टको नयाँ सब भेरियन्ट ‘BA.2’ पनि फेला परेको छ।

भारतको स्वास्थ्य मन्त्रालयले यो सब भेरियन्ट भारतमा विस्तारै फैलिरहेको जनाएको छ। ‘पहिला यात्रा गर्नेहरुमा BA.1 फेला परेको थियो। अहिले धेरैमा BA.2 फेला परिरहेको छ’  मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

ओमोक्रनको सब भेरियन्टको असर युरोप र अमेरिकी राष्ट्रहरुमा समेत देखिएको छ। यो सब भेरियन्ट ओमोक्रनभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।

यो सब भेरियन्ट संक्रामक भएपनि यसले गम्भीर बिरामी भने नगर्ने चिकित्सकहरुले बताएका छन्। संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ६२७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार १०:०९