सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर ३३ लाख ८९ हजार नयाँ कोरोना संक्रमित थपिए

एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा ३३ लाख ८९ हजार ७०४ हजार जना कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा अमेरिकामा ४ लाख ४६ हजार, फ्रान्समा ३ लाख ९२ हजार, ब्राजिलमा २ लाख २८ हजार, जर्मनीमा एक लाख ८९ हजार, इटलीमा एक लाख ५५ हजार र स्पेनमा एक लाख ३० हजार छन् ।

यही अवधिमा २१ लाख ८७ हजार जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ८४४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अमेरिकामा २ हजार ५३१, रुसमा ६६५, ब्र्राजिलमा ६६२, इटलीमा ३८९, बेलायतमा ३३८, फ्रान्समा २६८ र टर्कीमा १७४ जना छन् ।

निको हुनेमा फ्रान्समा ३ लाख २७ हजार, बेलायतमा एक लाख ८० हजार, अमेरिकामा एक लाख ६६ हजार र इटलीमा एक लाख ६५ हजार छन् ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०९:५१