सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोनाबाट मृत्यु हुनेमा खोप नलगाउने बढी

बुस्टर  डोज सञ्चालन  गरिने

बाँके । बाँकेमा गत मङ्सिर २६ गते यता कोभिड सङ्क्रमणबाट चार जनाको निधन भएको छ ।

चार जनामध्ये तीन जनाले कोभिडविरुद्धको  खोप  नलगाएको  जिल्ला कोभिड  व्यवस्थापन  केन्द्र  बाँकेका  सम्पर्क व्यक्ति  तेज  वलीले  जानकारी  दिए ।

भेरी  अस्पतालमा  उपचारका  क्रममा  बर्दिया मधुवन   नगरपालिका–६   का   ७१   वर्षीय पुरुषले  मात्रै  खोप  लगाएको  पाइएको  छ । उनको   मङ्गलबार   उपचारका   क्रममा भेरी  अस्पतालमा  निधन  भएको  हो ।

भेरी अस्पतालमा  निधन  भएका  अरूले  खोप नलगाएको पाइएको छ । बाँकेमा कोभिडविरुद्धको खोप अनिवार्य गरिएको  छ ।  खोप  कार्ड  नभएका  व्यक्तिलाई सरकारी  कार्यालयमा  प्रवेश  नदिने  नियम बनाइएपछि  पछिल्लो  समय  खोप  लगाउनेको भीड  देखिएको  छ ।

भेरी  अस्पतालमा बुस्टर खोप  सञ्चालन  भइरहेको  छ ।  माघ  १४ गतेदेखि   जिल्लाभरका   ८१   वटा   वडामा कोभिसिल्ड  र  भेरोसेल  खोपको  बुस्टर  डोज सञ्चालन  गरिने  स्वास्थ्य  कार्यालय  बाँकेले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०९:३७