सूचनाको शक्ति - The Power Of Information

        

मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिए

एजेन्सी । अभिनेत्री मौनी रोय र सूरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् ।

दुवैले मलायाली र बंगाली परम्परा अनुसार विवाह गरेका हुन् । मौनी र सूरजको विवाहमा परिवारका सदस्य र केही नजिकका साथीमात्र सहभगी थिए ।

उनीहरुको विवाहको पहिलो तस्विर सार्वजनिक भएको छ । जसमा बेहुली बनेकी मौनी परम्परागत साडीमा निकै सुन्दर देखिएकी छिन् ।

विवाहपछि अभिनेत्रीले तस्बिर समेत शेयर गरेकी छन् । तस्बिरका साथ लेखेकी छन्, ‘अन्तत ? मैले भेटें । हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वाद, हामी विवाहित छौं ।

तपाईको माया र प्रार्थना चाहिन्छ । लव, सूरज र मौनी ।’ मौनी र सूरजको विवाहको तस्विर सामाजिक संजालमा भाइरल भइरहेका छन् । फ्यानले सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।

यो मौनी रोय र सूरजको दक्षिण भारतीय विवाह हो । सुरज साउथ इन्डियन भएकाले दुबैले मलायाली र बङगाली संस्कार अनुसार विवाह गरेका हुन् ।

विवाहमा सादा लुक्समा समेत मौनी निकै सुन्दर देखिएकी छन् । उनले सुनको गहनाका साथ दुलही लुक्स पूरा गरेकी छिन्, भने सूरजले सुनौलो रंगको कुर्ता लगाएकी छन् । विवाहको अघिल्लो दिन मौनीको मेहन्दी र हल्दी समारोह आयोजना भएको थियो ।

मौनी अभिनेत्री हुन् भने सुरज बैंकर हुन् । कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै मौनी र सूरजको विवाहमा जम्मा १०० जनाको उपस्थित रहेको बताइन्छ ।

प्रकाशित मिति : १४ माघ २०७८, शुक्रबार ०९:२८