सूचनाको शक्ति - The Power Of Information

        

बालाजुमा पार्किङ गरी राखेको ग्यास बुलेट अचानक गुड्दा …

काठमाडौं । काठमाडौंको बालाजुमा आज बिहान पौने ४ बजे ग्यास बुलेटले च्याँप्दा चालकको मृत्यु भएको छ ।

भारतीय नम्बरको ग्यास बुलेट अचानक गाडी गुडेर अर्को भारतीय नम्बरकै ग्यास बुलेटमा च्यापिँदा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको हो ।

दिलिपले चलाएको ग्यास बुलेट बालाजु औद्योगिक क्षेत्र भित्र पार्किङ गरेर सिसा पुछ्दै गरेका उनी अचानक गाडी गुडेर अगाडी रहेको अर्को ग्यास बुलेटमा च्यापिएका थिए । गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न अर्का ग्यास बुलेट चालकलाई महानगरीय प्रहरी बृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार १०:२४