सूचनाको शक्ति - The Power Of Information

        

आहा रारा गोल्डकपमा आज दोस्रो सेमिफाइनल खेल हुँदै

पोखरा । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । मनाङले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

यस्तै आर्मीले थ्री स्टार क्लबको चुनौती १-० ले पन्छाएर मनाङसँगको भेट पक्का गरेको हो । यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्र फुटबल क्लबलाई ३(१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल शनिबार हुनेछ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा।लि।को उत्पादन आहा रारा तयारी चाउचाउले प्रायोजन गर्दै आइरहेको छ ।

त्यस्तै सर्वोकृष्ट खेलाडीको प्रायोजन अप्रिला स्कुटरले गरेको छ भने सर्वाधिक गोलकर्ताको पुरस्कार हङकङ निवासी अधिवक्ता देव गुरुङले प्रायोजन गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहीबार ०९:३८