सूचनाको शक्ति - The Power Of Information

        

बजारमा माक्स वितरण गर्दै बझाङका सिडियो र डिएसपी

बझाङ । बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सदरमुकाम चैनपुर बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेको छ ।

कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले आज चैनपुरमा तपाईको मास्क खोई ? अभियान लिएर प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले बजारमा सर्वसाधारणलाइ माक्स लगाउन प्रोत्साहित गर्नुभएको छ ।

सो क्रममा मास्क नलगाई हिडने व्यक्तिहरुलाई मास्क लगाएर हिड्न अनुरोध सहित मास्क वितरण गरिएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिने व्यहोरा जानकारी सहित सर्वसाधारणमा जनचेतना जगाउन कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

कोभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ । भन्ने उद्देश्यले मास्क सहित सचेतना जगाइएको हो । बजारमा प्रहरी प्रशासन सहितका टोलीले मास्क बाँडेपछि सर्वसाधारण भने आश्चार्यमा परेका थिए ।

टोलीले प्रशासन, लोकतान्त्रीक चोक, पानकोट रोड, सुर्मा देवी रोड, अदालत रोड लगायतका स्थानमा तपाइको मास्क खोइ भन्दै मास्क नलगाउनेलाइ मास्क दिएर कोरोना विरुद्धको सचेतना फैलाएको थियो ।

बजारमा माक्स वितरण गर्दै डिएसपी विष्टले भन्नुभयो, ‘हामीले बजारमा भेटिएका सबै जनालाई माक्स लगाउन जनचेतना फैलाउनुका साथै माक्स वितरण गरेका छौ ।

सबैले अरूका लागि नभए र आफ्नो सुरक्षाका लागि हो । भन्ने बुझ्न आवश्यक छ । ’सबैले माक्स लगाउनुका साथै पसलमा सामा किन्दा सामाजिकदुरी कायम गरि किन्न पनि सबैमा आग्रह गर्नुभएको छ ।

बझाङमा मंगलबार सम्म सक्रिय संङ्क्रमित संख्या १ सय १० रहेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दोक्रममा रहेकाले सजगताको लागि अभियान चलाइएको समेत डिएसपी विष्टले बताउनुभयो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १८:००