सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा निर्वाचन : मत बराबर भएपछि प्रदेश १ मा ‘गोला प्रथा’

विराटनगर । प्रदेश १ मा राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्यतर्फका उम्मेदवार नेकपा एमालेका गुरु बराल र सत्तारुढ गठबन्धनका उम्मेद्वार गोपाल बस्नेतले बराबर मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेद्वार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । बस्नेतले प्रदेश सभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे ।

बरालले प्रदेश सभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे । अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसको मतभार १६८ छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:४८