सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारीमा कोरोना देखिएपछि राप्तीसोनारी बन्द

बाँके । कर्मचारीमा कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द भएको छ ।

गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका अनुसार बुधवारदेखि १५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई संक्रमण पुष्टी भएको हो ।

नेपालगञ्ज, कोहलपुर, खजुरालगायतका बजारीक्षेत्रमा तीब्र बनेको भाइरस पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि फैलिँदै गएको छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १७:३५