सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा निर्वाचन

सुदूरपश्चिममा सत्ता गठबन्धनकै उम्मेद्वार निर्वाचित

कैलाली । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएकी छन् । राष्ट्रिय सभा सदस्यमा आज भएको निर्वाचनमा सुदूरपश्चिमबाट कैलालीकी गरिमा शाह विजयी भएकी हुन् ।

सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेद्वार रहेकी शाहले प्रदेशसभा तर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् । शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले नेतृ शाहलाई साझा उम्मेदवार बनाएको थियो । त्यस्तै एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गरेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:५४