सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा निर्वाचन

लुम्बिनीमा ४३७४ मतले सत्ता गठबन्धनका उम्मेद्वार विजयी

दाङ्ग । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको चुनावमा सत्तारूढ गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेद्वारले ४३७४ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवारले ३ हजार ३१२ मत पाएका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि सत्तारूढ गठबन्धनले साझा उम्मेदवार बनाएको थियो । जसमा एकिकृत नेकपा समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका कुलप्रसाद विश्वकर्मा र काँग्रेसका युवराज शर्मा विजयी भएका हुन् ।

एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार, रामदयाल गुप्ता राष्ट्रिय सभा सदस्यका उम्मेद्वार थिए । लुम्बिनी प्रदेशमा ६ जना उम्मेद्वार प्रतिश्पर्धामा थिए । मत परिणाम सार्वजनिक भए पनि निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार १६:४६