सूचनाको शक्ति - The Power Of Information

        

आहा रारा गोल्डकपको पहिलो सेमिफाइनलमा मछिन्द्र र एपीएफ खेल्दै

काठमाडौँ ।  आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।

खेल दिउँसो साढे दुई बजे सुरु हुनेछ । आजको विजेता टोली फाइनलमा पुग्नेछ । उसले फाइनलमा मनाङ मर्स्याङ्दी  क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

साविक विजेता संकटा क्लबलाई हराउँदै मछिन्द्र आहा रारा गोल्डकपमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो । एपीएफले बीवाईएससी मिनेसोटा यूएसएलाई हराउँदै अन्तिम चारमा पुगेको हो ।

आजदेखि स्वास्थ्यका मापदण्डको पूर्ण पालनासहित सीमित दर्शकलाई पनि प्रवेश दिने तयारी छ । प्रतियोगितामा १० टोली सहभागी छन् । फाइनल खेल शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०८:२१