सूचनाको शक्ति - The Power Of Information

        

आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै

काठमाडौँ । आज ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णयअनुसार हरेक जनवरी २६ मा यो दिवस मनाउन थालिएको हो ।

दिवसको मुख्य नारा डिजिटल प्रविधि मार्फत भन्सार सेवालाई चुस्त बनाउने रहेको छ । सरकारले आजदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्ने भएको छ ।

विदेशबाट वस्तु आयात गर्दा भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले सबै भन्सार कार्यालयमा अनलाइन प्रणाली पूर्णरुपमा लागू गर्न लागेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताउनुभयो ।

भन्सार नाकामा व्यापार सहजीकरण गर्ने काम गरिरहेकाले थप व्यवस्थित बनाउन अनलाइन प्रणाली लागू गर्न लागेको उहाँको भनाइ छ । एकद्वार प्रणालीपछि व्यवसायीले भोग्दै आएका झन्झटबाट मुक्त हुने विभागको दाबी छ ।

भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु गैरकानुनी मानिन्छ ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार ०८:०९