सूचनाको शक्ति - The Power Of Information

        

वडाअध्यक्ष र वडासचिलाई दुव्र्यवहार गर्ने चार जनाको नाममा अभद्र व्र्यवहार सम्वन्धी मुदा दर्ता

बझाङ ।  आफुलाई दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा मुदा दर्ता गरेको छ ।

आईतबार बझाङको वित्थडचिर गाउँपालिका ८ का वडाअध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुव्र्यवहार गरेको भन्दै आज मंगलबार जिल्ला प्रहरी कार्यालयमा उनिहरु विरुद अभद्र व्यवहार सम्वन्धी मुदा दर्ता गरिएको हो ।

दुव्र्यवहार गर्नेहरुले प्रयोग गरेको जिपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ बर्षिया विनोद बमलाई पक्राउ गरी आफ्न्तको जिम्मा छोडेको छ ।

त्यस्तै दुव्र्यवहारमा संलग्न नेपाल कम्युनिष्टपाटी विप्लवका जयपृथ्वी नगरपालिका ९ देवलका असोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दर्ता गरेको छ । आफु धरान बजारमा स्थानियहरु संग कुरा गरिरहेको अवस्थामा वडासचिव र वडाअध्यक्ष कोहो भनेर सोधेपछी हामी हुभन्दा काम छ यता आउनुहोस भनेर लिएको र पछि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताउनुभयो ।

वडाअध्यक्ष मल्लले पत्रकारहरु संग कुरा गर्दै भन्नुभयो, ‘हामीले कतै रकम हिनामिना गरेको प्रमाण उहाँहरुले ल्याउनुभयो भने हामी कारबार्ही भोग्न तयार छौ । नत्र हामीलाई विनासिति आरोप लगाएर दुव्र्यवहार गर्नेलाई हदै सम्मको कारबार्ही होस । गाउँले भएर हाम्रो ज्यान जोगियो ।

हाम्रो जिउ धनकै सुरक्षा छैन् ।’ आफुहरुलाई अब वडाकार्यालयमा गएर सेवा दिन पनि डर लागेको र असुरक्षित महसुस भएको समेत वडाअध्यक्ष मल्ले बताउनुभयो ।

वडा सचिव अवस्थीले भन्नुभयो, ‘पुस २४ गते आफ्नो पार्टीलाई १ लाख ५० हजार रुपैयाँ चन्दा दिनुपर्यो भनेर फोन गरेका थिए । पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसाव किताब देखाउ भनेर भिडियो बनाउदै हामीलाई थर्काएका थिए ।

हामीले सबै कागजात अहिले देखाउन सकिदैन् । कुनकुन कागजात हेर्नु हुन्छ । निवेदन ल्याएर आउनुहोस अनि देखाउला भनेका थियौ । त्यसपछी कार्यालयमा कोहि आएका थिएनन् ।’

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले अनुसन्धानमा खलल पुग्ने भएकाले दिन नमिल्ने र उनिहरु विरुद अभद्र व्यवहार सम्वन्धी मुदा दर्ता भएको र उनिहरुको खोजिकार्य भैरहेको बताउनुभयो ।

साथै विज्ञप्ती जारी गर्दै वित्थडचिर गाउँपालिका,नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिती बझाङ, नेपाली कांग्रेस जिल्ला कार्यसमिती बझाङले राजनितिक आस्थाको भरमा दुव्र्यवहार गरेकाले दुव्र्यवहारमा संलग्न सबैको कारबार्हीको माग गरेको छ ।

आजै वडाअध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुव्र्यवहार गर्नेलाई यताशिग्र पक्राउ गरी कानुनि दायरामा ल्याउनका लागि पहल गरिदिन तथा घटना बारे सत्यतथ्य बुझेर समाचार सम्प्रेसण गर्न अनुरोध समेत गरेका छन ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १९:१९