सूचनाको शक्ति - The Power Of Information

        

यी शाखा बन्द गर्दै एनआईसी एशिया बैंक

काठमाडौं । कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरु तथा विस्तारित काउण्टरहरु बन्द गर्ने भएकाे छ ।

आज बन्द हुने शाखा र विस्तारित काउण्टरहरूमा प्रदेश १ काे राेडशेष चाेक विराटनगर शाखा, बुधबारे शाखा, इटहरी उपमहानगरपालिकाकाे विस्तारित काउण्टर, मधेष प्रदेशकाे महेन्द्रनगर – धनुषा शाखा, बाग्मती प्रदेशकाे बूढानीलकण्ठ शाखा, माछापोखरी शाखा, कीर्तिपुर शाखा, न्युरोड (खिचापोखरी) शाखा, ठूलोभर्याङ शखा, बसेनी शाखा, महाराजगञ्ज शाखा, पेप्सीकोला शाखा, सिनामंगल शाखा, सातदोबाटो शाखा, गोदावरी किटिनी शाखा, काँडाघारी शाखा, नारायणगढ शाखा, दरबारमार्ग शाखा, गोठाटार शाखा, कौशलटार शाखा र धुलिखेल शाखा तथा मुलपानी विस्तारित काउण्टर, नेपाल ल क्याम्पस विस्तारित काउण्टर, इकाछु विस्तारित काउण्टर, थैव विस्तारित काउण्टर, धाेबीघाट विस्तारित काउण्टर, लामाटार विस्तारित काउण्टर, डाँछी विस्तारित काउण्टर, एलआरआई स्कुल एसिया कलंकी विस्तारित काउण्टर र चन्द्रागिरी विस्तारित काउण्टर रहेका छन् ।

यसका साथै, गण्डकी प्रदेशकाे पावरहाउस चाेक शाखा, लुम्बिनी प्रदेशकाे भैरहवा शाखा र देवकाेटा चाेक शाखा र कर्णाली प्रदेशकाे जुम्ला राेड शाखा बन्द रहनेछन् ।

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरहरू भने बिहान १० बजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलवार १२:३३