सूचनाको शक्ति - The Power Of Information

        

सर्लाहीकाे हरिपुर नगरपालिकाकी उपमेयर फेरि एमालेमै

सर्लाही ।  सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुकादेवी काफ्ले फेरि नेकपा एमालेमा फर्किनुभएको छ ।

आफू नेकपा एमालेबाटै उपमेयरमा निर्वाचित भएकाले फेरि एमालेमा नै फर्किएको काफ्लेले बताउनुभयो । नेकपा अलग भएर फेरि एमाले र माओवादी केन्द्र बनेपछि उहाँले नेकपा एकीकृत समाजवादी रोज्नुभएको थियो ।

एमालेमा फर्किनेमा उपमेयर काफ्लेसहित नगर कार्यपालिका सदस्य सुनैनादेवी चौधरी र लक्ष्मी कुँवर रहनुभएको छ ।

पुरानै पार्टीमा फर्किएका तीनै जनालाई एमाले महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गराउनुभएकाे एमालेका सर्लाही जिल्ला सचिव केदार खत्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:५१