सूचनाको शक्ति - The Power Of Information

        

देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो ।

सोही अवधिमा निको हुनेको संख्या भने २ हजार ५४० जना रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

हाल कुल संक्रमित भने एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १५ हजार १७८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख १८ हजार ४४८ जना रहेका छन् । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:३१