काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाउने तयारीमा सरकार लागेको बताएका छन् ।
मन्त्री थारुले कोरोनाको दोस्रो डोज खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउँदै खोप लगाउने कार्यमा सरकार द्रुत गतिमा अगाडि बढेको बताए ।
सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कारमा मन्त्री थारुले पहिलो खोप लगाएका संक्रमितमध्ये दुई प्रतिशतको मात्र मृत्यु भएको र दुवै मात्रको खोप लगाएका संक्रमितमध्ये एक प्रतिशतको मात्र मृत्यु भएको बताए ।
उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइसकेको जानकारी दिँदै १२ देखी १७ वर्षसम्मका बालबालिकालाई पहिलो डोज दिने तयारी गरेको बताए । उनले फागुनसम्ममा सबैलाई खोप लागाउने योजना प्रदेश सरकारको रहेको बताए ।
।