सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित दुई महिला र एक पुरुष पक्राउ

बाँके । बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । ३० ग्राम ब्राउनसुगरसहित नेपालगन्जको चौलिकाबाट दुई महिला र एक पुरुषलाई पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० की ३५ वर्षीया मुन्नी जोलाह, नेपालगन्ज उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय कल्लु जोलाह र ३५ वर्षीया जरिना अन्सारी रहेका छन् । प्रहरी र लागुऔषध व्यूरोको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा मुन्नीले लगाएको सुइटरमा लागुऔषध फेला परेको न्यौपानेको भनाइ छ ।

प्रहरीले उनीहरुको साथबाट ७० हजार ५०० रुपैयाँ नेपाली र ७० हजार ३५० रुपैयाँ भारु गरी एक लाख ८३ हजार ६० रुपैयाँसमेत बरामद गरेको डिएसपी न्यौपानेले जानकारी दिए । पक्राउ परेका उनीहरु लामो समयदेखि लागुऔषधको कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १६:१२