काठमाडौं । सत्ता गठबन्धन नेकपा एमालेलाई कुनै पनि हालतमा पत्तासाफ गर्ने मनसायमा देखिएको छ । तीन तहकै चुनावमा तालमेल गर्ने गठबनधनको तयारी रहेपनि यो सम्भव नभएको जानकारहरु बताउछन् ।
यसैबीच, नेकपा एमालेले पयिन दुई दलसँग गठबन्धन गर्ने तयारी गरेको छ । मधेशमा महन्थ ठाकुर नेतृत्वको लोसपा र सीके राउत नेतृत्वको जनमत पार्टीसँग गठबन्धन गर्ने खबर बाहिरिएको छ ।
राष्ट्रियसभाको १२ माघमा हुने चुनावमा एमाले र लोसपाबीच तालमेल भएको छ । यसलाई भविष्यमा हुने चुनावमा पनि तालमेलको संकेतको रुपमा लिइएको छ । सत्तागठबन्धनका केही घटक वैशाख या जेठभित्र चुनाव गर्ने पक्षमा छन् ।
२०७९ सालमा तीन तहको चुनाव हुनेछ । पहिले प्रतिनिधि सभा कि स्थानीय चुनाव ? यो प्रश्न तेर्सिएको छ । चुनावमा बहस चल्दै गर्दा राजनीतिक दलहरुको ध्यान मधेश प्रदेशमा बढी गएको छ ।
आठ जिल्ला रहेको मधेश र समथर भूभागहरुमा निर्वाचन क्षेत्र बढी छन् । त्यहाँ आफ्नो प्रभाव बलियो बनाउन दलहरु सक्रिय भएका छन् । उनीहरुले चुनावी गठबन्धनको पूर्वाभ्यास गरिरहेका छन् ।
सत्ता गठबन्धनको जनता समाजवादी पार्टी मधेशमा मजबुत छ । नेपाली काँग्रेससँग गठबन्धनमा रहेकाले जसपा चुनावमा पनि तालमेल गर्ने दाउमा छन् । जसपाको काँग्रेससँग भरसक नभए माओवादी र नेकपा एससँग गठबन्धनको सम्भावना देखिदैछ ।
ओली प्रधानमन्त्री हुँदा सीके राउतसँग सरकारले सम्झौता गरेको थियो । महन्थ ठाकुरसँग पनि ओली सरकारमा हुँदा नै सहमति बनाएका थिए । उनले ठाकुरले उठाएको मागको सम्बोधन पनि गरेका थिए । यसले यी शक्तिबीच निकटता बढाएको थियो ।
।