सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

चिसो बढ्यो, अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का वर्षा

हिमाली जिल्लामा हिमपात

बाँके । अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो ।

यस्तै यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ ।

तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०८:१२