सूचनाको शक्ति - The Power Of Information

        

गुरुद्वारालाई मेयर राणाको तलब र भत्ता सहयोग

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्वारालाई तलबभत्ता सहयोग गरेका छन् ।

मेयरमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपैयाँ गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरे ।

सो अवसरमा मेयर राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्तीलगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०७:५७