सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि कोहलपुरमा निःशूल्क कोरोना परीक्षण गरिने

बाँके । बाँकेको कोहलपुरमा आजदेखि निःशूल्क एन्टिजेन विधिमार्फत कोरोनाको चेकजाँच गरिने भएको छ ।

कोहलपुर नगरपालिकाले विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको निःशूल्क एन्टिजेन विधिमार्फत कोरोना जाँच गर्न लागेको हो ।

कोहलपुर नगरपालिकाको सभाहलमा कोरोना जाँच हुनेछ । नगरपालिकाले हप्तामा सोमवार र विहीबार दुई दिन कोरोना जाँच गर्ने उपमेयर संजुकुमारी थारुले जानकारी दिनुभयो । कोरोना भाइरस महामारीको तेस्रो लहर फैलिएसँगै नेपालगन्ज र कोहलपुर हटस्पट बनेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार ०७:४६