सूचनाको शक्ति - The Power Of Information

        

टेकु अस्पतालमा एक हप्ताका लागि खोप अभियान स्थगित

काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाण्डौमा खोप अभियान स्थगित भएको छ । अस्पतालले आज आइतवार सूचना निकालेर याे जानकारी गराएकाे हाे ।

अस्पतालमा बिरामीको उपचार तथा कोरोना भाइरसविरुद्धको खोप कार्यमा संलग्न ५० जनाभन्दा धेरै डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना भाइरसबाट सङ्क्रमित भएपछि खोप अभियान स्थगित भएको अस्पतालले निकालेकाे सूचनामा भनिएकाे छ ।

भाेलि साेमवारदेखि आउँदो १६ गतेसम्मका लागि खोप अभियान स्थगित भएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतवार १७:५४