काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको एमडी र एमएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् ।
आइतबार भएको प्रवेश परीक्षामा अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भटिएपछि कलंकीको एलआरआई स्कुलबाट भारतीय नागरिक जितेन्द्रकुमार मिश्रा पक्राउ परेका छन् ।
मिश्रलाई सहयोग गर्ने अर्को भारतीय नागरिक बिहारका शशिभुषण सिंह पनि पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी श्यामकुमार महतोले बताए ।
उनका अनुसार प्रहरीले परीक्षामा मर्यादित कार्य गरेको अभियोगमा भारतीय नगारिक कृष्ण मुरारीलाई पनि पक्राउ गरेको छ । उनी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्याङबाट पक्राउ परेका हुन् ।
थप अनुसन्धान जारी रहेको ब्यूरीले जनाएको छ ।
।