बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा सदस्य जाफर हुसैन अन्सारीको निधनमा आइतवार नेपालगञ्ज उपमहानगरपालिका बन्द भएको छ ।
उपमहानगरपालिकाद्वारा जारी सूचनामा अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै आज नेपालगञ्जका २३ वटै वडा कार्यालयहरु समेत बन्द गरिएको जनाइएको छ । साथै सूचनामा अत्यावश्यक कार्य भने हुनसक्ने उल्लेख गरिएको छ ।
वडा सदस्य अन्सारीको शनिबार अपरान्ह साढे ४ बजे निधन भएको थियो । अन्सारीको आइतवार वडा नम्बर ४ मा अवस्थित स्थानीय कब्रिस्तानमा अन्तिम संस्कार गरिएको छ ।
।