सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

नेपालमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, एकैदिन १६ को मृत्यु

काठमाडौं । नेपालमा शनिबार १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १४ हजार ४६२ पिसिआर परिक्षणका क्रममा ८ हजार २१२ जना र ५ हजार ७२५ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १६ हजार ८४५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ७ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख २० हजार २८३ संक्रमित निको भएका छन् । हाल नेपालमा ७२ हजार ८६२ सक्रिय संक्रमित आइशोलेशन र १४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १७:००