सूचनाको शक्ति - The Power Of Information

        

बझाङ जिल्ला क्रिकेट संघको अध्यक्षमा धामी

बझाङ । बझाङ जिल्ला क्रिकेटको संघको अध्यक्षमा प्रविन्द्र धामी निर्विरोध चयन भएका छन् । सदरमुकाम चैनपुरमा शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट धामीकोे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा जोग बहादुर दौल्याल, सचिवमा सुरेन्द्रबहादुर सिंह र कोषाध्यक्षमा केन्द्रबहादुर विष्ट चयन भएका छन् । आगामी चार वर्षका लागि संघको नयाँ कार्यसमिति चयन भएको र यो कार्यसमितिले क्रिकेटको विकासका लागि पहल गर्ने अध्यक्ष धामीले बताएका छन् ।

संघको सदस्यमा लोकेन्द्रबहादुर दौल्याल, देउपाल जप्रेल, हंसबहादुर धामी, कविराज बोहरा, दशरथ जप्रेल, निरनराम जोशी, हर्कबहादुर दौल्याल, जनकबहादुर धामी, लोकपाल दौल्याल, अभिर थापा र उमा पुरी रहेका छन् ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार १४:२७