सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

बाँके काँग्रेससहित १६ जिल्लाको अधिवेशन फेरि स्थगित

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै

बाँके । बाँके सहित १६ जिल्लाको काँग्रेस निर्वाचन फेरि स्थगित भएको छ ।

यसअघि राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै बाँकेसहित १६ जिल्लाको काँग्रेसको जिल्ला निर्वाचन स्थगित गरिएको थियो ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी माघ १५ गते हुने भनिएको नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित गरिएको हो ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै तत्कालका लागि अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन स्थगित भएको जनाएकाछन् ।

सचिव रिजालद्वारा जारी विज्ञप्तीमा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै हिजो माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको उल्लेखछ ।

नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन समितिले एक विज्ञप्ती जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको हो । यसअघि पनि राष्ट्रियसभाको निर्वाचनलाई कारण देखाउँदै रािष्ट्रय सभा निर्वाचन भएपछि माघ १५ गते शनिबार अधिवेशन गर्ने भनिएको थियो ।

बाँके लगायत १६ जिल्लाको निर्वाचन गत पुस २७ गते गर्ने भनि तोकिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १८:३६