सूचनाको शक्ति - The Power Of Information

        

सरकारकाे ६ महिना पूरा

एक वर्षभित्र तीन वटै तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अबको एक वर्षभित्र तीन वटै तहको चुनाव हुने बताउनुभएको छ ।

सरकारले ६ महिना पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्दैै उहाँले अबको एक वर्षभित्र पालिका, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने बताउनुभयो ।

तीन तहको चुनाव गर्नुपर्ने दायित्व सरकारको काँधमा रहेको भन्दै उहाँले तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । अहिले प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार १७:५०