सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा आजदेखि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू

काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबारदेखि सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज रातिदेखि लागू हुने गरी निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेका छन् ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

यस्तै डिपार्टमेन्ट स्टोर, सपिङ मल लगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईएको छ । सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ ।

यस्तै सार्वजनिक ठाउँमा थुक्न पनि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार ०८:१२