सूचनाको शक्ति - The Power Of Information

        

बाँकेसहित ५ सय बढी सक्रिय संक्रमित हुने जिल्ला १४ पुग्यो

काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा प्रदेश २ को धनुषा थपिएसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १४ पुगेको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, मोरङ, सुनसरी, झापा, कास्की, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित ५ सयभन्दा बढी थिए ।

पछिल्लो २४ घण्टामा १२३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।

यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १८:१७