काठमाडौं । लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले माघ मसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एकनारायण शर्माले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
आयाेगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तिमा ७ दिन पूर्व सूचनामार्फत पूनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ । लोक सेवाका अरु कार्यहरु भने यथावत सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

।