सूचनाको शक्ति - The Power Of Information

        

चिसो बढ्यो, नेपालगञ्जको तापक्रम ६.८ डिग्री

बाँके ।   बाँकेसहित बिहीवार देशैभर विहानैदेखि घाम लाग्न सेकेको छैन । घाम नलाग्दा चिसो बढेको छ । पश्चिमी वायुको प्रभावले घाम लाग्न नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बाँकेमा पानीको हल्का छिटा परिरहेको छ । विहानैदेखि तराई भू–भागका धेरै स्थानहरूमा कुहिरोरहुस्सु लागेको महाशाखाले जनाएको छ । कुहिरो अपरान्हपछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको माशाखाले विशेष बुलेटिन निकालेर जानकारी दिएको छ।

अहिले नेपालगञ्जमा निकै कम तापक्रम रहेको छ । नेपालगञ्जको तापक्रम अहिले ६ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने भैरहवाको ८ डिग्री रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार १७:४६