सूचनाको शक्ति - The Power Of Information

        

नेपाल निजामती कर्मचारी संगठन बझाङको अध्यक्षमा दिनेश

बझाङ ।  नेपाल निजामती कर्मचारी संगठन बझाङको अध्यक्षमा दिनेश धामी चयन हुनुभएको छ ।

मंगलबार भएको १२ औँ जिल्ला अधिवेशनबाट उपाअध्यक्षमा भिम बोहरा, महिला उपाअध्यक्षमा शारदा जोशी, सचिवमा मुकेश थापा, सहसचिव हर्क बहादुर सार्की, कोषाअध्यक्षमा तिलक विक चयन हुनुभएको छ ।

तिन वर्षे कार्यकालका लागि २१ सदस्यीय समिती चयन भएको नेपाल निजामती कर्मचारी संगठन बझाङका कोषाअध्यक्ष तिलक विकले बताउनुभयो ।

समितीको सदस्यमा सुरेस ओखेडा,विजय रजत,जनक रोकाया,भानुभक्त दौल्याल, सुवास सिंह,नरेश ओली,बिस्ना थापा बोहरा, र्सिजना धमेना, कविता सिंह,सुस्मीता धामी, दुधकला जेठारा, देवराज, कविन्द्र बहादुर घर्ति,प्रेम बहादुर विक, खडक बहादुर खड्कालगाएतका रहेका छन् ।

जिल्ला समन्वय समिती बझाङको सभाहलमा भएको अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय आयोजक कमिटी वरिष्ट सहसंयोजक लेखनाथ कोइरालाले गर्नु भएको थियो ।

उहाँले स्थानिय प्रदेश संघ लगाएत सबै कर्मचारीलाई भेदभाव नगर्ने संघिय ऐन बनाउनका लागि सरकार संग संगठन छलफलको लागि लगि परेको र त्यसलाई प्राथमिकतामा राखेर सरकारलाई बेलाबेलामा सुझाव दिदै आएको बताउनुभयो ।

कोइरालाले कर्मचारीको मोनोवल घटाउने जस्ता कुनै पनि कानुन बनाउन नहुनेमा जोड दिदै नेपाल निजामति कर्मचारी संगठन अहिले पनि सबै भन्दा ठुलो संगठनको रुपमा रहेको बताउनुभयो ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १९:३४