सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर नगरपालिकाद्धारा दाउरा वितरण

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले ३२ स्थानमा दाउरा वितरण गरिएको छ ।

कोहलपुर नगरपालिकाका १५ वटै वडा, विषयगत शाखा र इलाका प्रशासन, इलाका प्रहरी कार्यालय र योग तथा प्राकृतिक अस्पताल र कौशिलानगर, चप्परगौडी, हवल्दारपुर, मदनचोक र जेष्ठ नागरिक बृद्ध सेवा गरी ३२ स्थानहरुमा कोहलपुर नगरपालिकाले दाउरा वितरण गरेको छ ।

यस्तै कोहलपुर नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुरुषोत्तम पोख्रेलका अनुसार कोहलपुर नगरपालिकाले ४ चट्टा माग भएअनुसार कोहलपुरमा ३ चट्टा दाउरा वितरण भैसकेको बताउनुभयो ।

अब भोली (अर्थात ६ गते) १ चट्टा दाउरा आउन लागेको छ, सोही दाउरा अति आवश्यकताको आधारमा नै लिष्ट तयार गरिएको छ सोही अनुसार वितरण गर्ने कोहलपुर नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख पुरुषोत्तम पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १९:११