सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बुधवार १ सय ३० जनामा कोरोना पुष्टि

बाँके । बाँकेमा बुधवार १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १ सय १ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५३ जनाको नमुना जाँच गर्दा ३२ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगञ्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् । सबैभन्दा बढी नेपालगञ्जका छन् । परीक्षण भएकामध्ये नेपालगञ्जका मात्रै ८० प्रतिशत बढी संक्रमित छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ८२ पुगेको छ ।

यस्तै जमुनाहा नाकाको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ७१ जनाको गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १९:००