सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

६४ जिल्लामा नेकपा एमालेको अधिवेशन सकियो (सूचीसहित)

नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी

काठमाडौं । ६४ जिल्ला र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेले जनाएको छ ।

पर्सा, सिन्धुपाल्चोक, चितवन र दैलेख गरी चार जिल्लामा अधिवेशन उदघाटन भए पनि नेतृत्व चयन हुन सकेको छैन ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनको मिति तय हुन बाँकी छ ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग(व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने नेकपा एमालेले जनाएको छ ।

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुहरुमध्ये मधेस प्रदेशबाहेक छवटै प्रदेश कमिटीका अधिवेशनहरु पनि सम्पन्न भएका छन् ।

एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन सुरु गरेको थियो ।

हेर्नुहोस् हालसम्म सम्पन्न भएका जिल्ला अधिवेशनबाट चुनिएका नेतृत्वहरुको विवरण –

  

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार १२:४७