सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ नाकामा कडाइ

आवतजावत गर्नेहरुलाई रोक्न सुरक्षाकर्मी परिचालन

बाँके ।  कोरोना संक्रमण बढेसँगै भारतसँग सीमाना जोडिएका लुम्बिनी प्रदेशका ६ जिल्लाका सीमा नाकामा प्रवेश गर्न कडाइ गरिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्दा कोरोना फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको हो ।

बाँके, रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका सीमा नाकामा विशेष कडाइ गरिएको छ । त्यस्तै दाङ र बर्दियाका कम चहलपहल हुने सीमा नाकामा पनि कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन् ।

दोस्रो चरणको कोरोना लहरमा सबैभन्दा पहिले र बढी बाँके जिल्ला प्रभावित भएको थियो । भेरी अस्पतालमा बेड अभावले कोरोना संक्रमितले धेरै दुःख पाएका थिए ।

अहिले त्यस्तो अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न सीमा नाका जमुनाह नाकामा कडाइ गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

साना नाकाहरुमा आवतजावत गर्नेहरुलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १७:३६