सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा एकजनाको शव भेटियो

बाँके ।  नेपालगञ्जमा मंगलवार एक जना मृत फेला परेका छन् । नेपालगञ्जको वडा नम्बर १२ मा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका हुन् ।

भारतको बहराइच घर भई लामो समयदेखि नेपालगन्ज वडा नं.१७ बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय प्रेम पासी नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव भेरी अस्पतालको शवगृहमा राखिएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार १७:३१