बाँके । सुशीला गौतमद्वारा स्थापित सुर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कारका लागि अक्षय कोषको शुभारम्भ गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेमा आयोजित कार्यक्रममा सुर्यनाथका छोरा एवं नेपाल पत्रकार महासंघका पुर्व सभापति नीरज गौतम र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीबीच गरिएको सम्झौता पत्र साटासाट गरियो भने कोषका लागि एक लाख नगद हस्तान्तरण समेत भएको छ ।
नेपाल पत्रकार महासंघ र गौतम संरक्षक रहने गरि संचालनमा ल्याइने कोषको वार्षिक व्याजदरबाट पुरस्कार प्रदान गरिने छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले अक्षयकोष स्थापनाले पत्रकारिताको विधागत विकाससँगै स्वास्थ्य सचेतना जागृत गराउन अहंम भूमिका खेल्ने विश्वास व्यक्त गरे । शाखाका पूर्व अध्यक्ष समेत रहेका चौलागाईले यस अघि शाखामा स्थापित कोषको अभिवृद्धि र प्रभावकारी सञ्चालनमा पनि जोड दिए ।
शाखा अध्यक्ष दामोदर भण्डारीले कोष स्थापनाकालागि गौतम परिवारप्रति हार्दिक धन्यवाद दिँदै यसअघि स्थापित सम्पूर्ण कोषको प्रभावकारी सञ्चालन गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा स्व गौतमकी धर्मपत्नी, सुशीला, पत्रकार गौतम, पे्रस सेन्टरका केन्द्रीय सदस्य सिराज खान, पे्रस चौतारीका अध्यक्ष दुर्गा रोकाया, पे्रस यूनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठ लगायतले बोलेका थिए ।
।