सूचनाको शक्ति - The Power Of Information

        

केदारस्युँ २ का वडाध्यक्ष बिकमाथि हातपात

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका २ का वडाध्यक्ष चक्र बिकमाथि हातपात भएको छ ।

केदारस्युँ गाउँपालिका १ का स्थानिय ४५ बर्षका गहिन्दर भनिने गजेन्द्र भण्डारीले आज दिउसो मदिरा सेवन गरि वडाध्यक्ष विकमाथि हातपात गरेको रायल प्रहरी चौकीले जानकारी दिएको छ ।

काम गरेको रकम नदिएको भन्दै भण्डारीले अपशब्द प्रयोग गर्दै वडाध्यक्ष बिकमाथि हातपात गरको र अहिले हातपात गर्ने भण्डारी प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

वडाअध्यक्ष विक गाउँपालिकाबाट घर आउने क्रममा केदारस्युको देउरा बजारमा गालिगलोज गरेर झम्टन आएको भन्दै वडा अध्यक्ष विकले प्रहरी चौकीमा निवेदन दिएपछी रायल प्रहरी चौकीले केदारस्युँ गाउँपालिका १ देउरा बजारबाट नियन्त्रणमा लिइ प्राथमिक स्वास्थ्य केन्द्र रायल देउरामा स्वास्थ्य परिक्षण गर्दा भण्डारीले मदिरा सेवन गरेको खुलेको र नियन्त्रणमा लिएका भण्डारीलाई भोली विहान ८ बजे उपस्थित हुने गरी स्थानिय पुर्ण बहादुर भण्डारीको जिम्मा लगाएको रायल प्रहरी चौकीका सह इन्चार्ज राम सिंह धामी बताउनुभयो ।

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार ०८:२७